मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरिद्वारा उद्धार

मंगलबार, फाल्गुन २२ २०८०

काठमाडा-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९ बर्षिय रविन्द्र ढकाल (पाईलट) र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ बर्षिय सिद्धान्त बस्नेत फागुन २१ गते मध्यान्ह प्याराग्लाइडिङ गर्नेक्रममा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित भई सो ठाउँस्थित नवोदय सामुदायिक बन चप्पनको जंगलमा करीब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो । स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरेको हो ।