बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विगत ६ महिनादेखि अहिलेसम्म देशमा सबैभन्दा राम्रो सुरक्षा अवस्थाः गृहमन्त्री थापा

शनिबार, भाद्र ३० २०७५

 ३० भदौ, काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले सरकार गठन भएपछिको ६ महिनामा शान्ति सुरक्षा कायम विगतको भन्दा राम्रो भएको दाबी गरेका छन् ।

विपक्षी दलका सांसदले सरकार गठन भएदेखि हालसम्म बलात्कार, हत्या हिंसाको घटना वृद्धि भएको भन्दै सरकारको आलोचना गरेपछि गृहमन्त्रीले अपराध तथा गुण्डागर्दी नियन्त्रणमा सरकार सफल भइरहेको बताएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा शुक्रबारको बैठकमा गृहमन्त्री थापाले हत्या, हिंसा, बलात्कारको घटनामाथि सरकारले गरिरहेको छानबिनबारे जानकारी गराए ।

‘६ महिनाको कालखण्ड सुरक्षाको दृष्टिकोणले सबैभन्दा कालो कालखण्ड हो कि भन्ने गम्भीर विषय उठाउनुभयो । सरकार र गृह मन्त्रालयको निष्कर्ष यो छैन । यस अवधिमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने कुरामा सबैभन्दा राम्रो भएको छ भन्ने निष्कर्ष छ,’ गृहमन्त्रीले भने ।