बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विद्यालय शिक्षा विधेयकको बिरोधमा शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलन सुरु

बुधबार, असोज ३ २०८०

काठमाडौं । विधालय शिक्षा बिधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।

सो बिद्येयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रिएका हुन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन् ।

उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।