बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सावित्राको गोलले हारबाट जोगियो नेपाल

बिहिबार, असार २८ २०८०

काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लिएको थियो । हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीलाई बचाएकी थिईन् ।

उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । एशियाडको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आईतबार खेल्नेछ ।