शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अमेरिकी डलर सहित ग्वार्कोबाट एक व्यक्ति पक्राउ

बिहिबार, असार २१ २०८०

काठमाडौं – अवैध रुपमा विदेशी विनिमय (अमेरिकन डलर) को कारोवार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले अवैधरुपमा अमेरिकी डलरको कारोबार गरेको आधारमा जिल्ला ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने ३४ बर्षिय सनमोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।

केही व्यक्तिहरुले विदेशी विनिमय (अमेरिकन डलर) को अवैधरुपमा ओसारपसार गरी कारोवार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले यही असार १९ गते ल.पु.म.न.पा वडा नं. ६ वकुवहालबाट सनमोहन श्रेष्ठलाई एक सय दरको अमेरिकन डलर एक सय ९८ थानको जम्मा अमेरिकी डलर १९ हजार आठ सय सहित पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई विदेशी विनिमय सम्वन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक, ललितपुरमा पठाईएको उक्त कार्यालयले जनाएको छ ।