काठमाडौं- दाङको राप्ती गाउँपालिका–३ प्रदेश सभा हलमा जेनेरेटर अत्याधिक तातिन गई बुधबार दिउँसो आगलागी हुँदा जेनेरेटर जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित बोईभवा टि–स्टेट प्रालिमा रहेको ड्रायर मेशिनमा बुधबार बिहान आगलागी हुँदा १ हजार केजी चिया पत्ति, ड्रायर मेशिन लगायतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काभ्रेको पनौती नगरपालिका–८ मल्पी बस्ने पर्लाद भन्ने बिल बहादुर खत्रीको घरमा करेन्ट सर्ट भई बुधबार साँझ आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।