बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

मलेसिया २२१ रनको फराकिलो अन्तरले पराजित

मंगलबार, असार १९ २०८०

काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेर मलेसयाले २५३ रनको लक्ष्य दिएको थियो । मलेसियाका खेलाडी १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर अल आउट हुन पुगे ।

घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको छ । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकको रन बनाउन सकेनन् । मलेसियाका ५ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।

नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।

मलेसियाका मोहम्मद अकरमले तीन विकेट लिए भने हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक–एक विकेट लिएका थिए ।