बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालद्वारा मलेसियालाई २५३ रनको लक्ष्य प्रस्तुत

मंगलबार, असार १९ २०८०

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियाविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन जोड्यो ।

नेपालका लागि नरेन भट्टले अविजित एक सय १२ रन बनाए । उनले ८९ बलमा २ छक्का र १० चौका प्रहार गरे ।

त्यसअघि सूर्यान्सु कोइरालाले १८ रन र निरजकुमार यादवले ४७ रन जोडे । यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १र१ विकेट लिए ।
मलेसियामा सोमवार भएको खेलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

यसअघि समूह चरणमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।