काठमाडौं । आईसीसी एकदिवस विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९ ओभर चार बलमा २ सय ३८ रनमा अल आउट भयो ।
रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो हार हो । वेस्ट इन्डिजको यो लगातार दोस्रो विजय हो । टोलीले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । नेपालको तीन खेलमा यो दोस्रो हार हो ।
यद्यपि शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई पराजित गरे नेपालको सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकामाथि नेपालले ६ विकेटको विजय हात पारेको थियो ।