काठमाडौं – झापाको झापा गाउँपालिका–४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुलि गाउँपालिका–२ बस्ने २६ वर्षीय सुशिल आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२६ प ८१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका–५ गलौदीबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रूपन्देही तिलोत्तमा नगरपालिका–१४ बस्ने २३ वर्षीय दिलिप केवटलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुर बस्ने १९ वर्षीय नबीन कठरीयालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझा बस्ने २६ वर्षीय बीरेन्द्र बडायकलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३७ मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रहरी प्रदेश कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।