काठमाडौं – रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ५ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा अटोरिक्सा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सोही नगरपालिका बस्ने ३६ बर्षीय गुड्डि मुसलवान र ४८ बषर््िाया सिता गुरुङ्ग र सप्तरी जिल्ला घर भई हाल भैरहवा बस्ने २३ बर्षीय उमेश पासवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । लु १ ह ५२१९ नम्बरको अटोरिक्सामा राखेर भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ६८ जोर जुत्ता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।