बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए

बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–२० खेल्ने भएका छन्।

मंगलबार राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार तथा दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेसँगै उनीहरुको ग्लोबल टी–२० निश्चित भएको हो।

सन्दीपले यसअघि पनि क्यानेडियन लिग खेलेपनि दीपेन्द्र भने पहिलो पटक आवद्ध भएका हुन्। सन्दीपको टिममा उनी बाहेक एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेन लगायत रहँदा दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।

सन्दीपले यस अघि दुइ सिजनको ग्लोबल टी(२० खेलेका छन्। उनी पहिलो सिजन मोन्टेरियल टाईगरबाट खेलेका थिए भने दोस्रो सिजनमा टोरन्टोबाट खेलेका थिए। दीपेन्द्र भने पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन।

विदेशी लिग खेल्ने दीपेन्द्र छैटौँ नेपाली खेलाडी हुन्। यस अघि नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागीता जनाईसकेका छन्।