मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

ए डिभिजन लिग : आज तीन खेल हुँदै

आइतबार, जेष्ठ ७ २०८०

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।

जसअनुसार च्यासल मैदानमा हुने खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रंगशालामा हुने पहिलो खेलमा एपिएफ र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल पनि ३ बजेवाट नै सुुरु हुनेछ ।

उता, रंगशालामा ६ बजे हुने दोस्रो खेलमा जावालाखेल युथ क्लब र संकट क्लब एक आपसमा भिड्ने एन्फाले जनाएको छ ।