मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

वाणिज्य संघ मकवानपुरकी महिला जिल्ला सभापति अंकिता सुमार्गीलाई मातृ शोक

बुधबार, जेष्ठ ३ २०८०

काठमाडौं । सफल तथा कुशल व्यवसायी अरुणराज सुमार्गीकी जीवन संगिनी तथा उद्योग वाणिज्य संघ मकवानपुरकी महिला जिल्ला सभापति अंकिता सुमार्गीलाई मातृ शोक परेको छ । व्यवसायी अरुणराज सुमार्गीकी सासुआमा आशा उपाध्यायको बैशाख ३० गते हृदयघातका कारण निधन भएको छ ।

भारतको लखनऊ निवासी ६७ वर्षिया आशा उपाध्यायको छोरी ज्वाईको परिवारले आयोजना गरेको विराट ज्ञान महायज्ञको समापन पछि निधन भएको थियो । सुमार्गी परिवारले हेटौँडामा प्रत्येक पाँच वर्षमा आयोजना गर्दै आएको विराट ज्ञान महायज्ञअन्तर्गतको कार्यक्रम सकिएपछि उपाध्यायको मृत्यु भएको थियो ।

कार्यक्रम गत बैशाख २६ गते सकिएपछि उक्त कार्यक्रममा आएका छिमेकी देश भारत लगायत स्वदेशी गन्यमान्य अतिथिलाई शुभकामना तथा धन्यवाद दिँदै सुमार्गी परिवारले ३० गते शनिबार निजि निवासमा भोजको आयोजना गरेको थियो । दिनभरको कार्यक्रम पछि करिव अपरान्ह ३ः३० बजेतिर उपाध्यायलाई हृदयघातका कारण मृत्यु भएको सुमार्गी परिवारले जनाएको छ ।

स्वर्गिय उपाध्याय लखनऊ निवासी राजकुमार उपाध्यायकी श्रीमति हुन् । उनीहरुको एक छोरा रोहित (लक्की) उपाध्याय र छोरी छन् । उनको क्रियाकर्म वैद्धिक परम्परा अनुसार महायज्ञ भएको स्थल नजिक हेटौंडाको राप्ती तट रहेको क्रियापुत्रि भवनमा भइरहेको जनाइएको छ ।

हरेक पाँचरपाँच वर्षमा आयोजना गरिँदै आएको यो महायज्ञमा विशेष गरी पितृमोक्षको कामना, लक्ष्मी आराधनालगायत पूजा गरिने गर्दछ । यसवर्ष पनि २५ हजार नारीहरूलाई एकै प्रकारको साडी वितरण गरिएको थियो भने र्‍याली निकालिएको थियो । दिव्य राप्तीतटमा सवा पाँच करोड दीप प्रज्वलन गरिएको थियो ।

उक्त महायज्ञमा देश विदेशका विशेष आगन्तुक धर्मालम्बी लगायतको बाक्लो उपस्थिति थियो । क्त महायज्ञको समुद्घाटन पूर्व प्रधानान्याधीश गोपालप्रसाद पराजुलीले गरेका थिए ।