मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

ए डिभिजन लिग: आज दुई खेल हुँदै

आइतबार, बैशाख ३१ २०८०

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबल खेलमा आज दुई खेल हुँदैछ । एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने खेलमा न्युरोड टिम र फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट नै सुरु हुनेछ ।