काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन् । लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन् ।
दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मच्छिन्द्र फुटबल क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
पाँचौं जित निकाल्ने उदेश्यसहित मैदानमा उत्रन लागेको संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा छ भने समान १४ खेलवाट २० अंक जोडेको आर्मी छैटौँ स्थानमा रहेको छ ।