मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एसिसी प्रिमियर कप फाइनल:

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सोमबार, बैशाख १८ २०८०

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र यूएईबिच आज फाइनल खेल हुँदैछ । केहीबेरमा यूएईले ब्याटिङ गर्नेछ ।

शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।