काठमाडौं – ललितपुरको बागमती गाउँपालिका–३ भैसे बस्ने रामसरण सापकोटाको घरमा करेन्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर र घरसँगै रहेको गोठ जलेर करिब ४१ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धादिङको गजुरी गाउँपालिका–२ चम्पाराङस्थित सिमन्ते खोला सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने कुलमान श्रेष्ठ र उनकै छोरा योगमान श्रेष्ठको घर र गोठमा समेत शनिबार दिउँसो आगलगी हुँदा दुवैको घर र गोठ, नगद तथा जिन्सी सामान जलेर करिब ४० लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटारस्थित साबित्री लामाको कपडा पसलमा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा पसलको फलसिलिङ, एसि, सिलाई मेसिन ६ वटा, आइरन २ वटा र अन्य कपडाहरू समेतजलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ मेहेलबोटे बस्ने पिताम्बर अधिकारीको घरमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा नगद तथा जिन्सी लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१४ सिम्ले बस्ने सन बहादुर माझीको कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी नदीको पलारस्थित सोही ठाउँ बस्ने अशोक कुमार मण्डलको तरभुज खेती गर्न बनाएको घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ९ लाख २१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ मगरगाँउस्थित श्री जयन्ती निर्माण सेवा प्रालिको कम्पाउण्डभित्र रहेको बासको झ्याङमा लागेको आगो फैलिएर उक्त प्रालिको काठको फर्ममा शनिबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।