काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ ।
शनिबार चेन्नाईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जीत दर्ज गरेको हो भने मुम्बई आफ्नो सुरुआती दुवै खेलमा लगातार पराजित हुन पुगेको छ ।
मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य पछयाउँदै चेन्नाईले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो । चेन्नाईका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए ।
त्यस अगाडि मुम्बईले आठ विकेटमा १ सय ५८ रनको लक्ष्य चेन्नाईलाई दिएको थियो ।
मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित ३२ रन बनाउँदा टिम डेविडले २२ बलमा ३१ रन बनाए ।
तिलक बर्माले २२ रन बनाउँदा कप्तान तथा ओपनर रोहित शर्माले १३ बलमा २१ रन बनाए ।
चेन्नईका लागि रविन्द्र जडेजाले ३ तथा मिचेल स्यान्टनर,तुषार देशपान्डेले समान २/२ विकेट लिए । सिसान्डा मंगलाले १ विकेट लिए ।
दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाई चौथो स्थानमा उक्लेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो । मुम्बइ भने अंकविहीन छ ।