मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाली सेनामा जागिर खुल्यो (हेर्नुहोस विज्ञापन)

शुक्रबार, चैत्र २४ २०७९

काठमाडौं । नेपाली सेनामा विभिन्न पदमा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक–हवाई–विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो ।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरिएको छ ।

दरखास्त पेस गर्ने मिति चैत २४ गतेदेखि अन्तिम मित बैशाख २३ गतेसम्म तोकिएको छ ।

साथै,  दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिन्छ ।

हेर्नुहोस् विज्ञापन