मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र र अन्जानले गरे उम्मेदवारी दर्ता, उमेशलालकाे बाँकी

मंगलबार, चैत्र २१ २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै आज अन्जान श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।

महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।

चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष नै महासंघको स्वतः अध्यक्ष बन्ने भएकाले वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा हुने भएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानल सार्वजनिक सरिसकेका छन् ।
चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष बन्नेछन् ।