बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सौगात र सृष्टिको ब्रेकअप !

बिहिबार, चैत्र १६ २०७९

काठमाडौँ – अहिले नेपाली सिने जगतमा नमुना जोडीको रुपामा परिचीत अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लको जोडी छुट्टिएको हल्ला छ । सृष्टिले आफ्नो इन्स्टाग्रामबाट सौगातसँगका अधिकांश तस्वीरहरू हटाएसंगै यी दुईबीच ब्रेकअप भएको हल्ला चलेको हो ।

सृष्टि र सौगातले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । दुवैले मिडियामा केही समयको प्रेम विवाहमा परिणत गर्न लागेको बताएका थिए । तर अहिले यी दुबैबीच ब्रेकअप भएको हल्ला छ ।

यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् भने सौगात नेपालमै छन् । सृष्टिले सौगातसँगका तस्बिरहरू आफ्नो इन्स्टाग्रामबाट समेत हटाएको देख्न सकिन्छ । केही अगाडिसम्म दुवैको तस्बिर सृष्टिका इन्स्टाग्राममा थुप्रै भेटिन्थ्यो । तर, अहिले सृष्टिको इन्स्टाग्राममा सौगातसँगका कुनै पनि तस्बिर छैन ।