मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अरुणराज सुमार्गी

“विग्रिदो व्यवसायिक वातावरणलाई समाल्ने टिम तयार छ”

सोमबार, चैत्र १३ २०७९

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा विग्रिदो व्यवसायिक वातावरणलाई समाल्ने उर्जाशिल र युवा टिम नेतृत्वका लागि तयार रहेको बताएका छन् । आउदैँ गरेको महासंघको निर्वाचनमा जिल्ला नगरतर्फ उपाध्यक्षका प्रत्यासी रहेका सुमार्गीले धनगढीमा आयोजित “लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन?” विषयक अन्तक्रियामा बोल्दै हालका बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा उद्योग बाणिज्य महासंघलाई सवल र सक्षम बनाउने टिम तयार भएको बताएका छन् ।

सुमार्गीले कार्यक्रममा बोल्दै जिल्ला नगरको एजेण्डालाई माथी स्पष्ट राख्न र आगामी दिनमा जिल्ला नगरका उद्योगी व्यवसायी पनि महासंघको सफल नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण पेस गर्न आफुले उमेदवारी दिएको बताए । महासंघमा विगतमा भएको गलत कार्यलाई रोक्न र खास व्यवसायी र उद्योगीको समस्या सुन्ने महासंघ हामिलाई चाहिएको छ, सुमार्गीले भने, “यतिबेला मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ, व्यवसायिक वातावरण विग्रदै गएको छ , सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।” सुमार्गीले सुदुरपश्चिमलाई सम्मृद्ध बनाउन सवै व्यवसायी तथा उद्योगी एक भएर लाग्नुपर्नेमा जोड दिए ।

महासंघमा जिल्ला नगरलाई स्थापित गर्ने नेतृत्व नै नआएको गुनासो रहेकाले त्यसलाई सम्बोधन गर्न आफ्नो योगदान रहने सुमार्गी बताउ छन् । सुमार्गीले जिल्ला नगरका व्यवसायीको महासंघमा ५० प्रतिशत हैसियत रहेको बताउदै मोफसलका उद्योगी तथा व्यवसायीले आफुलाई कमजोर सम्झन नहुने बताए । “विगतदेखि नै मैले जिल्ला नगरको समस्याहरु राख्दै आएको छु ।, अहिलेसम्म जिल्ला नगरबाट नेता बनेर जानेले जिल्लाको समस्यालाई सुन्नै चाहेनन्, राजधानीमा बसेर गफ गर्नमै व्यस्त भए । , मेरो कार्यकालमा जिल्ला नगरलाई बलियो बनाउन म हदैसम्म लाग्नेछु ।” , सुमार्गीले भने ।