मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अरुणराज सुमार्गी

“जिल्ला नगरको गुनासो र समस्यालाई सम्बोधन गर्न मेरो उमेदवारी”

शुक्रबार, चैत्र १० २०७९

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले जिल्ला नगरको गुनासो र समस्यालाई सम्बोधन गर्न आफ्नो उमेदवारी रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका जिल्लानगरतर्फ उपाध्यक्षका उम्मेदवार सुमार्गीले जिल्ला नगरको एजेण्डालाई माथी स्पष्ट राख्न र आगामी दिनमा जिल्ला नगरका उद्योगी व्यवसायी पनि महासंघको सफल नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण पेस गर्न आफुले उमेदवारी दिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘महासंघमा जिल्ला नगरलाई स्थापित गर्ने नेतृत्व नै आएन्, न त उनिहरुको गुनासो र समस्यालाई नै सुनियो’‘तर यसपाली मेरो उम्मेदवारी जिल्ला नगरको एजेण्डालाई माथी स्पष्ट राख्न र आगामी दिनमा जिल्ला नगरका उद्योगी व्यवसायी पनि महासंघको सफल नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण देखाउने मेरो लक्ष्य छ ।’

उनले अहिलेसम्म जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षको उम्मेदवार आफुमात्रै भएको बताउदै भने–‘साथीहरु कोहीले पनि जिल्ला नगरमा अहिलेसम्म उपाध्यक्षको दावी गर्नुभएको छैन्, सम्भवत मलाई लाग्छ उहाँहरुले सर्वसम्मत रुपमा मलाई नै जिल्ला नगरको उपाध्यक्ष बनाउनुहुन्छ । ’

सुमार्गीले अहिले मुलुकमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै केहि समय अघि प्रधानमन्त्रीसंगको भेटपछि बैँकको ब्याजदर सरल अअवस्थामा आउने अपेक्षा गरे । ‘मलाई लाग्छ केही सरकारी संस्थानहरुको पैसालाई प्रयोग गरेर भएपनि अर्थतन्त्रलाई माथी उठाउन सरकारले पहल गर्नेछ, त्यसै अनुसारको वचन प्रधानमन्त्री ज्यू ले दिनुभएको छ ’ उनले भने । अहिले देशमा आर्थिक मन्दीका कारण समस्या आएको भन्दै सो विषयमा गहन अध्ययन हुनुपर्ने उनको भनाई थियो ।