मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाली क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

शुक्रबार, चैत्र ३ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् ।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने उनले सामाजिक सञ्जालबाट घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रू। ३ लाख पुरस्कारको घोषणा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ।