मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

क्रिकेट लिग- २ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

सोमबार, फाल्गुन २९ २०७९

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।

त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो।

विश्वकप लिग टुको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी दुई खेल नै जित्नुपर्ने दबाब छ ।
नेपालले विश्वकप लिग टुको अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसँगै समूहको चौथो स्थानमा ३६ अंकाका साथ रहेको छ ।