काठमाण्डौ – गीतकार सरला श्रेष्ठको शब्द रचनामा तयार पारिएको गीती कविता “अधिकार देउ” गीतको अडियो भिडियो सार्वजनिक भएको छ । छोरा र छोरी समान हुन, छोरा र छोरी को विभेद अन्त्य गरौ भन्ने सन्देश रहेको छ । एस एस क्रियसनको प्रस्तुतीमा रहेको गीतमा गायिका मिलन नेवारले स्वर दिएकी छन । लक्ष्मण पोखरेलको संगीत , लक्षु प्रकाश मल्लको संगीत संयोजनमा रहेको गीतमा किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन । रक कुशलको छायाँकन , ओम प्रकाश अवस्थीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा अमृता श्रेष्ठ , सुमित्रा अधिकारी, प्रशान्त हुमागाई, सुकृति खतिवडा लगायतको को अभिनय देख्न सकिन्छ ।