काठमाडौं – नेप्से एकैदिन ५० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ५० दशमलव शुन्य चार अंकले बढेर दुई हजार दुई दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि नौं दशमलव २७ अंकले बढेर तीन सय ७९ दशमलव ५० अंकमा पुगेको छ । आज दुई सय ६२ वटा कम्पनीहरुको ३८ हजार एक सय ३१ पटकको कारोबारमा ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दशमलव ५४ अंकले बढेर १३ सय १५ दशमलव ३७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ९० दशमलव शुन्य चार अंकले बढेर दुई हजार पाँच सय ९४ दशमलव ९० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय १३ दशमलव ७४ अंकले बढेर १० हजार ६१ दशमलव दुई अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ५२ दशमलव ७६ अंकले बढेर आठ हजार नौं सय ६० दशमलव ३८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ लगानी बृद्धि योजना–२ पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।