बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

बिहिबार, फाल्गुन २५ २०७९

काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।

माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निर्णय गरिएको थियो ।

सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ ।

साथै बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ ।