बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभरका महिलाहरुको अधिकार स्थापनाको लागि प्रेरणादायी : अध्यक्ष ओली

बुधबार, फाल्गुन २४ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले संसारभरका महिलाहरुको अधिकार स्थापनाको लागि प्रेरणादायी यस दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ, सुख र समृद्धि एवं सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा भने ”लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।