मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भागबन्डा मिलाउन सुदूरपश्चिममा सर्वदलीय बैठक जारी

आइतबार, फाल्गुन २१ २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ ।

उक्त बैठकमा नेतृत्व लगायत मन्त्रिमण्डलमा भागबन्डा मिलाउने विषयमा छलफल भइरहेको छ ।

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै अडान लिएपछि केन्द्रबाट प्रचण्डले विश्वासको मत दिन निर्देशन दिएका छन् ।

सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरु सहभागी छन् ।

यता अर्को दल नागरिक उन्मुक्ति पार्टीले पनि लिखित हस्ताक्षर बिना विश्वासको मत नदिने बताएको थियो । ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रिञ्जता श्रेष्ठले फेसबुकमा लेखेकी थिइन् । सो अनुसार मन्त्रालय भागबन्डा टुंग्याए पछि मात्रै शाहलाई विश्वासका मत दिने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

सर्वदलीय बैठकमा आजको प्रदेश सभा बैठकको कार्यसूची लगायत विषयमा छलफल भइरहेको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिंदैछन् ।

त्यसअघि दलहरुको आन्तरिक बैठक पनि जारी छ ।