बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुर्गा प्रसाईंको महाअभियानमा कमल थापाको ऐक्यवद्धता

शुक्रबार, फाल्गुन १९ २०७९

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने पूर्व व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् ।

सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र ऐक्यवद्धता रहने उल्लेख गर्दै थापाले सामाजिक सञ्जाल मार्फत उक्त महाअभियानमा सहयोग गर्न आफ्नो पार्टीका नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

‘फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियानुद्वारा आयोजित सभा सफलपार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु’ उनले लेखेका छन् ।

प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । उक्त उद्घाटनमा पूर्वराजपरिवारका सदस्यहरु समेत पुगेका थिए ।

पूर्व माओवादी समेत रहेका प्रसाईँ पछिल्लो समय नेकपा एमालेका केन्द्रीय सयस्य समेत थिए । उनले केही दिन अघि मात्र एमालेले केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । मेची–महाकाली गर्ने प्रसाईंको अभियानको उद्धेश्य प्रसाईंले संघीयता खारेजी छ । साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको प्रसाईंले माग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानको नेतृत्व गरेका व्यवसायी प्रसाईंले वित्तीय क्षेत्रमा अस्थिरता निम्त्याउने सार्वजनिक अभिव्यक्ति दिंदै आएको भन्दै केहीले उनको विरोध समेत गरेका छन् ।